ललितपुरको मतयाः (दीपयात्रा) औपचारिकता सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार
काठमाडौं – भाद्र कृष्णपक्ष द्वितीयाको दिन ललितपुरमा हर्षोल्लासका साथ मनाइने मतयाः (दीपयात्रा) यस वर्ष औपचारिकता सीमित भई सकिएको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेकाले यस वर्षको दीपयात्रा औपचारिकतामा सीमित गरिएको हो ।
वर्षभरि देहावसान भएकाहरुको नाममा दान धर्म गर्ने परम्परा रहेको दीपयात्रामा देहावसान भएकाका घरका सदस्य र आफन्तलगायत सहभागी हुनेगर्छन् ।
कोरोना संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष नेकु जात्रा मतयाः केन्द्रीय व्यवस्थापन समितिले एक सुचना निकाली मतयाःलाई परम्परा निर्वाह गर्नमात्र गरिने जानकारी दिएको थियो ।
बुधबार बिहान रुद्रवर्ण महाविहार ओकुबहालबाट सुरु गरिएको दीपयात्रा औपचारिकता सीमित गरी जम्मा १०० वटा बिहार तथा बहिलको परिक्रमा गरी भिन्छेबहालबाट ओकुबहाल पुगी सम्पन्न गरिएको थियो ।
Categorized in उपत्यका