ललितपुरमा उम्मेदवार नभएको चुनाव चिह्नमा पनि भोट
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार
ललितपुरमा उपमेयर उम्मेदवार नै नभएको कांग्रेसको चुनाव चिह्नमा २ सय ३४ मत परेको छ । गठबन्धनले ललितपुरमा उपमेयर माओवादीका बाबुराजा बज्राचार्यलाई उठाएको थियो । बज्राचार्यले १ सय २४ मत पाएका छन् ।
ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मत पाउँदै अग्रता कायम राखेका छन् । १२ सय मतगणना हुँदा चिरीबाबुले ६ सय ९ मत पाएका छन् । उनका निकट्तम प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २ सय ८० मत पाएका छन् ।
त्यस्तै उपमेयरमा भने एमालेकी मन्जली शाक्यले अग्रता कायम गरेकी छिन् । उनले ३१२ मत पाएकी छिन् ।


