relans
ni new 83
nib 2082 5

ललितपुरमा यल पञ्जरां (पञ्चदान) मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ८, शुक्रबार

काठमाडौं - पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइएको छ। पर्व 'यल' अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम 'यल पञ्चदान' भएको हो।

यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ। 

आजको दिन पाटनमा मनाए बाहेक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौंलगायत भक्तपुर, थिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्शाएको सांस्कृतिक विद् बताउँछन्। 

सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भए पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ 'पुण्य दान' हुने गर्छ। र, नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलनसमेत रहेको छ।

बौद्ध मार्गी नेवार समुदायले आज आफ्नो रहेका विभिन्न विहार, बही, चोक सहित घरमा पनि दान शाला बनाउने र त्यहाँ बाट अन्न, फलफूल, गेडागुडी र दक्षिणा आदि दान दिने गर्छन्। दैनिक जीवनका लागि आवश्यक पर्ने चामलको दाना, धान, नुन, पैसा लगायत विभिन्न वस्तुहरू दान गरिन्छ।

बुद्ध धर्मका अनुयायी मध्ये बज्राचार्य, बुद्धाचार्य, शाक्य हरू अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्।  किम्बदन्ती अनुसार नेपाल सम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो 'पञ्चदान पर्व'। 

Categorized in उपत्यका
ppp 2