ललितपुरमा विपद व्यवस्थापनबारे छलफल र प्रदर्शन सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १२, सोमबार
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र इकोर संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद भ्ऋज्इरग्ल्म्ए को आर्थिक सहयोगमा ललितपुर महानगरपालिको समन्यव र सहकार्यमा ललितपुर महानगरपालिका(१६ का विपद व्यवस्थापन समितिसंग कुमारीपाटी स्थित कुमारी किचेनमा छलफल सम्पन्न गरिएको थियो भने त्यसको प्रत्यक्ष प्रदर्शन वडा नं १६ कार्यालय अगाडि गरिएको थियो ।
उक्त कार्यक्रममा ललितपुर महानगरपालिका(१६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य, कार्यपालिका सदस्य सुप्रभा शाक्य, वडा सदस्य पन्च बज्र बज्राचार्य, वडाका सचिब भिमसेन प्रसाद रिमाल लगायत विपद व्यवस्थापन समितिका सदस्यहरु साथै युएनडीपी को तर्फबाट विप्लव प्रधान लगायत अन्य अतिथि महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उदेश्य वडा स्तरीय विपद व्यवस्थापन समितिसंग परियोजना सम्बन्धी छलफलका साथै आगामी दिनमा परियोजनालाई अझ व्यवस्थित, सफलता पुर्बक सम्पन्न गर्ने जिम्मेवारी सहित सल्लाह, सुझाव साथै खुल्ला रुपमा छलफल गरिएको थियो ।
Categorized in राष्ट्रिय


