STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरमा ७७ वर्षमाथिकालाई खोप दिइने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ८, मंगलबार

ललितपुर महानगरपालिकाले ७७ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।
महानगरका अनुसार सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भोली खोप लगाइने भएको हो ।
महानगरका अनुसार वडाबाट सिफारिस भइ आएका ७७ वर्षमाथिका २ हजार २ सय २० र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवक गरी जम्म २५ सय जनालाई बुधबार खोप लगाइने भएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । त्यसका लागि ललितपुर महानगरले ८ वटा खोप केन्द्र तोकेको छ ।

Categorized in उपत्यका