ललितपुर महानगर : मेयरमा चिरिबाबु र उपमेयरमा मञ्जलीको अग्रता कायमै
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ५, बिहिबार
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।
आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४ सय ९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९ सय ३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३ सय ४१ मत पाए ।
उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८ हजार ८ सय ४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २ सय ५७ मत अन्तरले पछाडि छन् । बाबुराजले ६ हजार ५ सय ८३ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४ सय २५ मत पाएकी छन् ।


