STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर वडा १६ व्यापि गायनमा श्रुयति सर्वोत्कृष्ट ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ कार्तिक २०, शनिबार

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडा ब्यापि गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको गायन प्रतियोगी हरु मध्ये स्वनिम्हका सक्षम शर्माले प्रथम भएका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी विशाखा शाक्यले द्वितीय तथा झतापोलकी एन्जेला शाक्यले तृतीय स्थान प्राप्त गरिन् । प्रतिस्पर्धीहरुले प्रथम पुरस्कार जनही २५/२५ हजार नगद, द्वितीय १५/१५ हजार नगद, तृतीय १०/१० हजार नगदसहित ट्रफी, प्रमाणपत्र तथा ट्रेनिङ प्याकेज जितेका भने ट्रेनिङ प्याकेज उत्कृष्ट १० का लागि ब्यवस्था गरिएको हो । उत्कृष्ट १० मा पर्न सफल गायनका प्रतिस्पर्धीहरु पट्कोका बबिन राजोपाध्याय, चल्खुकी सिम्रन शाक्य, न्याखाचुकका शैलेश बज्राचार्य, बुबहालका राजेश बज्राचार्य, नकबहिलका जेनिश ज्योति शाक्य, गाःबहालका सुनिल बज्र्राचार्य तथा झतापोलका अमिर शाक्य रहेका छन् भने नृत्यतर्फ हाल कुमारीपाटीमा बसोबास गरिरहेकी श्रेशा श्रेष्ठ, धौगलकी विभूषणा बज्राचार्य, न्याखाचुककी उत्पला बज्राचार्य, धपगालकी श्रृया बज्राचार्य, बुबहालकी नैरात्मा बज्राचार्य, न्याखाचुककी सुयंका बज्राचार्य तथा कायगुननिकी लक्की महर्जन रहेका छन् ।

वडाका कलाकारहरुलाई प्रोत्साहित गर्ने तथा तालिम मार्फत अझ परिष्कृत गर्ने उद्देश्यसाथ आयोजित यस प्रतियोगितामा सहभागी १२ बर्षमुनिका कलाकारहरुलाई भने “भिंतुना (शुभकामना) पुरस्कार” प्रदान गरिएको थियो । यो पुरस्कार गायनर्फ ९ बर्षका बुबहाल निवासी रिभनमुनि बज्राचार्य तथा कुलिम्हकी १० बर्षीय सजेना महर्जनले प्राप्त गरिन् भने नृत्यतर्फ बुबहालकी १३ बर्षीया निष्ठा बज्राचार्य, महापालकी १० बर्षीया श्रीजु श्रेष्ठ र न्याधलकी ८ बर्षीया स्मृति शाक्यले प्राप्त गरिन् ।

प्रतियोगितामा अनलाईनमार्फत दर्ता भएको भिडियोको फेसबुक तथा युट्युबमा सबैभन्दा बढी भ्यूज प्राप्त गरी “टप भ्यूज”को पुरस्कार गायनर्फ चल्खुकी सिम्रन शाक्य तथा नृत्यतर्फ दौबहालकी श्रीजु शाक्यले प्राप्त गरिन् ।

कार्यक्रममा संगीत प्रवीण मोहनप्रसाद जोशीलाई “ललितरत्न” उपाधिबाट विभूषित गर्दै सम्मान गरिएको थियो । सम्मान ग्रहण गरेपश्चान आफ्नो मन्तब्यमा राख्ने क्रममा विगत, वर्तमान तथा भविष्यका कलाकारलाई ध्यानमा राखी ललितपुर महानगरपालिका १६ वडाको कलाकार समितिले आयोजना गरेको कार्यक्रमबाट आफू निकै प्रभावित भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कलाकारहरुका लागि ललितपुर महानगरपालिका १६ वडाले गरेको कार्यलाई महानगरपालिकाले अझ ब्यापक गर्ने बताउनु भयो ।

ललितपुर महानगरपालिका वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले विगतको ऐतिहासिक कला, सम्पदाको संरक्षण जति महत्वपूर्ण छ वर्तमानका कलाकारहरुको विकास तथा योगदान पनि त्यतिकै आवश्यक रहेको र भविष्यले गौरव गर्ने कार्य यो पुस्ताले गर्नुपर्ने औंल्याउनु हुँदै स्थानीय तहले गर्न सक्ने कार्यमा आफ्नो तर्फबाट कुनै कसर नरहने बताउनु भयो ।

कार्यक्रममा संयोजक सुरजवीर बज्राचार्यले धन्यवाद दिँदै सबै स्थानीय तहले यसरी नै कला क्षेत्र एवं कलाकारलाई ध्यान दिने, प्रोत्साहित गर्ने हो भने समाज नै खुशी हुने बताउनु हुँदै आफ्नो नेतृत्वमा रहेको समितिले निरन्तर विभिन्न कार्यक्रममार्फत कलाकारहरुका लागि क्रियाशील रहिरहने बताउनु भयो ।

पाटन दरवार क्षेत्रको कार्तिक डबलीमा आयोजित कार्यक्रममा १६ वडाका लोकप्रिय कलाकारहरु सुरजवीर, भूपेन्द्र बज्राचार्य, नील शाक्य, मोहिद्दिन खान, अमोघवीर बज्राचार्य, अमर चित्रकारले गीत प्रस्तुत गरेका थिए भने लोकप्रिय कोरियोग्राफर निसिला शाक्यले नृत्य प्रस्तुत गर्नुभएको हो भने १६ वडाका संचार क्षेत्रमा स्थापित अनुप शाक्य, मञ्जु बज्राचार्य, सलोना बज्राचार्य, प्रलिशा शाक्यका साथै सुरजबीर बज्राचार्य र अमोघवीर बज्राचार्यले कार्यक्रम संचालन गनुभएको हो ।

Categorized in साहित्य-कला