ललितपुर सुनचाँदी व्यवसायी संघले गर्यो कोरोना बिमा
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
विजयरत्न असंबरे
ललितपुरमा ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध आफ्ना ४४९ जना ब्यवसायी सदस्यहरूको सुरक्षाको लागि कोरोना भाइरसको बिमा गरिदिएको छ । कोरोनाबाट प्रभाबित हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आफना सम्पुर्ण सदस्यहरू एवं सदस्यका परिवार लगायत संघका सम्पूर्ण कर्मचारीका लागि एभरेष्ट ईन्सुरेन्स कम्पनिसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले जनजातिखबरलाई जानकारी दिनुभयो। ललितपुर क्षेत्रमा रहेर सुनचाँदी व्यवसाय संचालन गरि रहेका सुनचाँदी ब्यवसायी सघसँग आबद्व सदस्य एवम सदस्य परिवार तथा कर्मचारीहरूको कोरोना परिक्षण पिसिआर पोजेटिभ देखिए १ लाख एभरेष्ट ईन्सुरेन्स कम्पनीबाट प्राप्त गर्ने गरि बिमा गरिएको संघका अध्यक्ष रमेश बहादुर शाक्यले बताए । विश्व्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट विशेष गरि सुनचाँदी ब्यवसायीहरू जटिल समस्यामा पर्न सक्ने सम्भावना भएकोले सम्भावित जोखिमलाई दृष्टिगत गरी यो बिमा गरेको जानकारी दिंदै ठुलो लगानीका सुनचाँदी ब्यवसाय महिनौसम्म बन्द हुदाँ व्यवसायहरूलाई आर्थिक रूपले ठूलो समस्या देखिने अवस्था रहेको बिमा गरिएको अध्यक्ष रमेश बहादुर शाक्यले बताउनुभयो । Categorized in उपत्यका


