ललिता निवासको जग्गामा बनेका संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम
Janjati Khabar – Janjati Khabar | २०८० आषाढ १७, आइतबार
काठमाडौं - आइताबर काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा तारबार गर्न त्यहाँ पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् ।
पाण्डे नेतृत्वको डेढ सयभन्दा बढी महानगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले महानगरले ललिता निवास जग्गाभित्र बनेका संरचना हटाउन निर्देशन दिएको हो ।
यदि ७ दिने अल्टिमेटमभित्र संरचना हटाउन अटेर गरे महानगरले आफैँ हटाउने महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
Categorized in राजनीति

