STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लालीखर्कमा ‘होमस्टे’

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ११, शनिबार

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको छ । होमस्टेको सांसद सीता थेवेले उद्घाटन गर्नुभयो । उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी अघि वढ्ने बताउनुभयो । पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइ पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै जिल्लावासी एक भएर लाग्नुपर्ने सांसद थेवेले बताउनुभयो । जिल्ला समन्वय समिति पाँचथरको आयोजना तथा स्थानीय सङ्घ संस्थाको सहआयोजनामा अहिले लालीखर्कमा १० र बतासेमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेमा आएका पाहुनालाई स्थानीय परिकार खुवाइने र आवासको प्रबन्ध गरिएको लालीखर्क सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष टङ्क राईले बताउनुभयो । यो होमस्टे सञ्चालनपश्चात् पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन जाने तीर्थालुसमेतलाई राख्न सकिने उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति पाँचथरको आयोजनामा सञ्चालित कार्यक्रममा जिसस प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, जिल्ला समन्वय अधिकारी तथा फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार दाहाल,नेकपा पाँचथरका सचिव होम जवेगुलगायतले होमस्टे सञ्चालनले पर्यटन प्रवद्र्धनमा सहहयोग पुग्ने बताउनुभयो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी भेलाले जिसस प्रमुख सापकोटाको संयोजकत्वमा नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयन एवं पाँचथर पर्यटन विकास समिति गठन गरिएको छ ।
Categorized in राष्ट्रिय