STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाहुरका रोगले थलिँदै थापडा, रुपान्तरित हुँदै पायल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

“लाहुरका रोगले धेरै मरिसके । गणना छैन । अझै लाहुरका रोग भएका धेरै छन् । कतिले खुल्छन्, कतिले अझै लुकाएका छन् ।” 
चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक नाम परिवर्तन ले भनिन् । एचआइभी सङ्क्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्दछन् । ४० वर्षीया उनी आफैँ एचआइभी सङ्क्रमित हुन् । 
मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले शुरुआतमा खुलेर बोल्न चाहिनन् । गहुँ राम्रै भएछ रु कति  होला रु कति महीनालाई धान्ला रु प्र्रश्नमा “यस वर्ष बर्सात भइरह्यो, कहिल्यै नलागेको बाला यसपटक लाग्यो, चार महिना धान्ला कि १” उनीले जवाफ फर्काइन् । 
कम उमेरमा सङ्क्रमणसित जुधिरहेकी उनीले एआरटी सेवा लिइरहेकी छिन् । समय समय सिडी फोर काउन्ट गर्दछिन् । एचआइभी सङ्क्रमित भएकालाई रोगसित जुध्नसक्ने प्रतिरोधी क्षमता बढाउने औषधिलाई एआरटी भनिन्छ । सङ्क्रमितले आफ्नो रगतको अवस्था तथा मापन गरिराख्न सिडी फोर काउन्ट आवश्यक तथा अनिवार्य पर्छ ।  
सरकारले यी दुवै सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । तर यहाँका सङ्क्रमितका लागि ती सेवामा सहज पहुँच छैन । गाउँ नजीक रहेको पायल स्वास्थ्य चौकीले हालसम्म सेवा दिन सकेको छैन । सेवा लिन वयलपाटा अस्पताल  तथा चौरमाण्डु प्राथमिक स्वास्थ्य चौकीमा जान विवश छन् । 
उनी गाउँमा एचआइभी सङ्क्रमितका लागि दश वर्षदेखि निरन्तर पैरवी, एआरटी सेवा लिएर नलिएको, सिडी फोरको अनुगमन तथा जनचेतना काममा निरन्तर जुटिरहेकी  छिन् । “श्रीमान्बाट  म सङ्क्रमित भएँ, श्रीमान्को छातीको सङ्क्रमणबाट एड्स मृत्यु भो । दुई छोरा छन्, उनीहरु दुवै रोजगारीका लागि विदेशिएका छन् । एक्लै छु । उनीहरु के गर्छन् नभनौँ,” गहभरि आँसु पार्दै विकले भनिन् । 
सङ्क्रमितहरु  मिलेर  यहाँ सञ्चालनमा ल्याएको मिलीजुली समूहमा उनी  जिम्मेवारी पदमा नेतृत्व प्रदान गरेकी छिन् । हरेक महीनाको ११ गते समूहको बैठक बस्छ । रुपैयाँ पाँचबाट बचत सङ्कलन गरी शुरुआत भएको संस्थामा चार लाख जम्मा भइसकेको छ । “पहिला पहिला त एचआइभी भनेको के हो थाहा नै भएन । लाहुरका रोग भन्थे ।  बिरामी भएर वयलपाटा अस्पताल जान थालेपछि बल्ल थाहा भो,” उनी भन्नुहुन्छ । अस्पताल पुग्न करीव एक दिन लाग्छ । 
‘एचआइभी’ भो भनेर  शुरुमा कोही खुल्न चाहेनन् । खुलेकालाई अपमान हुन थाल्यो । मृत्यु भएकाको लास उठाउने पुरुषसमेत यहाँ भएनन् । लास बोकेर जलाउनु परेको उदाहरण दिँदै विकले अहिले सचेतना बढेको र समूहमा बसेर खुलेर कुराकानी तथा सहयोग आदान–प्रदान हुने गरेको बताउनुभयो । 
रोजगारीका लागि पुरुष भारत जाने गर्दछन् । आफ्नो खेतीपातीले मुस्किलले चार महीना पनि धान्न नपुग्ने भएपछि उनीहरु रोजगारीका लागि अन्यत्र जान विवश छन् । गाउँका बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । चरम खानेपानी सङ्कटले यहाँका बासिन्दालाई पीडामाथि पीडा दिइरहेको छ । सीमित खेतीयोग्य जमीन पनि बाँझो देखिन्छ । 
विकका अनुसार हालसम्म थापडा गाउँमा मृत्युको प्रमुख कारक एचआइभीले निम्त्याउने अन्य रोग रहेका छन् । हालसम्म आठ जनाभन्दा बढीको मृत्यु  भएको छ ।  सो समूहमा पुरुष र महिला गरी २० जना सदस्य छन् । 
गत वर्ष मात्र एचआइभीरएड्सबाट पति गुमाएकी तीन छोराकी  ५५ वर्षीया जमुना विक नाम परिवर्तन ले भनिन्, “लाहुर रोग कसरी नसर्ने हुन जानकारी पाएनौँ । निको नहुने रोग भन्ने कुरा त थाहा पाएको धेरै भएको छैन ।” उहाँका तीनवटै छोरा घर छैनन् । “मलाई त रोग भो भो सन्तानलाई लाग्न नदिन सरकारको आँखा परे हुन्थ्यो ।” आँसु पार्दै उनीले सुनाइन् ।  
गाउँमा विपन्न समुदायका विक, पार्की कुमाललगायत धामी, कुँवर शाह बसोबास गर्दछन् । अन्यत्र बसाइँ–सराइले ढोकामा ताला मारेका घर गाउँका धेरै देख्न सकिन्छ । “वरपर कमाई पाए को जान्छ गाउँ छाडेर रु न खाने अन्न छ, न पिउने पानी छ रु बाँच्न त पर्‍यो । घर छाडेर अन्यत्र जानुको अर्को विकल्प छैन ।” ४३ वर्षीय मानसिंह धामी नाम परिवर्तन भन्नुहुन्छ । उहाँ गहुँ थन्क्याउन गाउँ आउनु भएको थियो । “श्रीमतीमा पनि रोग देखियो । दुई छोरा छन्  उनीहरुको के भनौँ, भनेर केही हुन्छ रु सहयोग गर्ने कोही होइनन्,” भावुक हुँदै धामीले आफ्नो पीडा सुनाउनुभयो ।   
 
Categorized in राष्ट्रिय