लिउ र ओलीबीच भेटवार्ता
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २८, मंगलबार
काठमाडाैँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले भेट गरेका छन् । आज मंगलबार बालकोटस्थित ओलीकै निवासमा पुगेर चिनियाँ नेता लिउले शिष्टाचार भेट गरेका हुन् ।
लिउ आफ्नाे प्रतिनिधिमण्डल सहित मंगलबार बिहान बालकोट पुगेका थिए । भेटवार्ता जारी रहेको जनाइएको छ ।
साे वार्तामा अध्यक्ष ओलीसँगै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालका साथै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी रहेकाे जनाइएकाे छ ।
नेता लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका थिए । उनी उच्चस्तरीय राजनीतिक भेटमा व्यस्त छन् ।
Categorized in राजनीति

