लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार
काठमाडौं – सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् भने उक्त नक्सा बैठकमा पास भएको जनाइएको छ ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता सरकारले गरेको थियो ।
फाइल तस्बिर
Categorized in राजनीति

