STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिम्पियाधुरा समाविष्ट नक्साको समर्थनमा दीप प्रज्वलन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २९, बिहिबार

विजयरत्न असंबरे -


ललितपुर - लिपुलेक र कालापानी समाबिष्ट नक्शा सहितको संविधान संशोधन प्रस्ताव पारित भएको अवसरमा ललितपुरको मंगलबजारमा स्थानिय युवाहरुको सकृयतामा स्वतःस्फुर्त रुपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । गुमेको लिम्पियाधुरा सहित नेपालको नया नक्सा सहितको संविधानमा संसोधन प्रस्ताव पाएको उपलक्ष्यमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा केही स्थानीय युवाहरुले सरकारको सही कदमलाई स्वागत गर्न साथीहरुबीच सल्लाह गरे लगत्तै स्वतःस्फुर्त रूपमा आयोजना भएको एक स्थानीय युवा पृथबिन्दु महर्जनले जानकारी दिए । सहभागी युवाहरुले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु सरकारको ऐतिहासिक कदम भएकोमा आफ्नो समर्थन रहेको धारणा व्यक्त गरे। युवाको उमङ्गमा साथ दिन नेकपा ललितपुर जिल्ला सभापति हरिकृष्ण ब्यन्जनकार सहित १२ वडाका अध्यक्ष नारायण लाल अवाले, १६ वडा सदस्य सुप्रभा शाक्य लगायतका केही जनप्रतिनिधी पनि कार्यक्रममा अतिथिका रूपमा समावेश भएका थिए । युवाहरुबीच दीप प्रज्वलनको शुभारम्भ गरेका नेकपा जिल्ला सभापति ब्यन्जनकारले भारतीय बिस्तारवादले आफ्नो कब्जामा राख्न खोजेको नेपाली भूमीलाई नेपाली एकताले आधिकारिक नक्सामा संसदको सर्वसम्मतिले पारित भएको बताउँदै उक्त भूभागलाई कुनै पनि हालतमा प्राप्त गराइछाड्ने प्रण दोहोर्याएका छन् । मुलुकको नयाँ नक्साअनुसार संविधानको अनूसूची अद्यावधिक गर्न सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा भारतिय बिस्तारवादीले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानमा रहेको निसान छाप सच्याउन जेठ ९ मा विधेयक दर्ता गरेको थियो। संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मत स्वीकृत गरेको थियो।
Categorized in उपत्यका