लिम्बु भाषाको के च्याब्रुङ बेस्ट फिल्म साबित
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार
नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको चलचित्र के च्याब्रुङ उत्कृष्ट चलचित्र साबित भएको छ । प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आज भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक , गुरुङ फिल्म रिजेनासा का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार अनि मगरभाषाको खुर्पेटो बिना थापा मगर उत्कृष्ट महिला कलाकार र राई भाषाको यारी फिल्मका युवराज बीरबहादुर राई लाई उत्कृष्ट छायाकारको पुरस्कार प्रदान गरियो । त्यसै गरी गुरुङ भाषाको रिजेनासा चलचित्र दर्शकबाट पाएको ४०१ सदर मत बाट तीस हजार नगद सहित पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ । महासंघका अध्यक्ष अमृत सुनुवारया सभापतित्वमा सम्पन्न आजको समारोहमा बेस्ट शर्ट फिल्म राजवंशी भाषाको पुल्टी र बेस्ट डकुमेन्ट्री सुनुवारभाषाको छेॅगु ले प्राप्त गरेको छ । महोत्सवमा पुरस्कार निर्णय गर्न आदिवासी जनजाति मातृभाषाका प्रथम सिनेपत्रकार विजयरत्न असंबरे तुलाधर, नेपालको पहिलो महिला सिनेमाटोग्राफर शबनम मुखिया र आदिवासी कलाकर्मी राज थापा काउचा सदस्य रहेको निर्णायकमण्डल रहेको थियो । आजको कार्यक्रममा चलचित्र विकास बोर्डको आदिवासी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुर्य चेम्जोङ, नाइस टेलिभिजनका प्रमुख आशिर्वाद पुन मगर, निर्णायक विजय रत्न तुलाधर, प्रमुख अतिथि केशव भट्टराई, महासंघका अध्यक्ष अमृत सुनुवार लगायतले मन्तव्य राखेका थिए।
Categorized in राष्ट्रिय