STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिम्बु भाषाको चे चलचित्र हङकङ लगायत विभिन्न देशमा देखाइने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ७, बुधबार

लिम्बु भाषाको चलचित्र 'चे' हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा सो चलचित्र प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो |

सो पत्रकार सम्मेलनमा याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  | थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले  लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा पनि चे चलचित्रको प्रदर्शन मितिको घोषणा गरेका हुन् | 

चलचित्र 'चे'ले याक्थुङ सिने अवार्ड - २०८१, FLF Award - २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव - २०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड - २०८१, बिशेष चलचित्र पुरस्कार - २०८१ (चलचित्र विकास बोर्ड), NIFF Award UK - 2025 मा उत्कृष्ट अवार्ड तथा पुरस्कार प्राप्त गरेको छ | 

'चे' अर्थात लाश लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी ह्रास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् ह्रासको कथामाथि निर्माण गरिएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने बीचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ | विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको यथार्थ घटनालाई चित्रण गरिएको छ | 

याक्थुङ फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा लेखक/निर्देशक/निर्माता सागर केरुङ, छायांकन युबराज राइ, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, सम्पादन पर्शु थलङ्, ब्याकराउण्ड म्युजिक मोनी ताम्लिङ, कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बु, सागर केरुङ, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, तुलसा लिम्बुको रहेको छ भने सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, राजु घिमिरे, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योङया, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा लगायतले अभिनय गरेका छन् |

Categorized in राष्ट्रिय