STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लि नेवाः गुथियात अनुरोध पत्र हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २७, शुक्रबार

हलि नेवाः गुथिलाई नेवाः विद्यार्थी युनियनद्धारा गत मंगलवार अनुरोध पत्र हस्तान्तरण गरियो । हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय रीदेन महर्जनद्धारा पत्र हस्तान्तरण गरेका थिए । उक्त पत्रमा अनुसार   नेवाः विद्यार्थी युनियन उपत्यकाका क्याम्पसहरुमा नेपाल भाषा विषय लिइ अध्ययनरत विद्यार्थीहरुको संगठन हो । संस्थाको मुख्य उद्देश्य नै क्याम्पसहरुमा नेपाल भाषा विद्यार्थीहरुको संख्या वृद्धि गर्नुका साथै नेपाल भाषा अध्यापनको निम्ति क्षमता अभिबृद्धि गर्नुका साथै विविध कार्यव्रmमहरु गरिने जनाइएको छ । यस रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसमा १०÷१० जना भएमा मात्रै नेपाल भाषाको कक्षा संचालन हुने भएकाले यहि महिनाभित्रमा विद्यार्थी पठाइ दिनु हुन अनुरोध गरिएको छ । यस अभियानमा सदा सदा सहयोग हुने आशामा अनुरोध पत्र हस्तान्तरण गरिएको जनाइएको छ ।
Categorized in राष्ट्रिय