लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीको आलोपालो मुख्यमन्त्री बन्ने सहमति
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २७, बुधबार
काठमाडौं - लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पद माओवादी र कांग्रेसले आलोपालो गरेर चलाउने सहमति भएकाे छ ।
माओवादी नेता केसी ८ महिना र कांग्रेसका प्रमुख सचेतक वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री हुने सहमति भएको माओवादीका एक सांसदले बताए।
त्यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायतको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका कुलप्रसाद केसी ‘सोनाम’को मन्त्रिमण्डल १० सदस्यीय हुने भएको छ।
माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित तीन मन्त्रालय लिने सहमति भएको जनाइएकाे छ ।
अरु बाँकी रहेका चार मन्त्रालय गठबन्धनमा भागबण्डा हुने भएको छ। गठबन्धनका केसीको पक्षमा कुल ४१ सांसद खुलेका छन्। जसमा कांग्रेसबाट १९ जना माओवादीबाट १८ जना, जसपाबाट ३ जना र जनमोर्चाबाट १ जना रहेका छन्।
यसअघि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको थियो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभालाई दिएपछि विशेष अधिवेशन स्थगित भएको हो ।
Categorized in राजनीति

