STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लेखापढी कानून व्यवसायी सेवाग्राहीमैत्री हुनुपर्छ

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सेवाग्राहीको सेवामा विभेद गर्न नहुने बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन जिल्ला कार्यसमिति तनहुँले आज दमौलीमा आयोजना गरेको नववर्ष ०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले लेखापढी व्यवसायीको सहयोगले सेवाग्राहीको काममा सहजता आउने हुँदा धनी र गरीब बीचको सेवामा विभेद गर्न नहुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तनहुँ जिल्ला अदालतले लेखापढी व्यवसायीलाई लेखापढी गर्न अनुमति प्रमाणपत्र दिएको उल्लेख गर्दै स्वयं लेखापढी गर्ने व्यक्ति जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । लेखापढी कानून व्यवसायी एशोसिएशन गण्डकी प्रदेशका संयोजक माया सोतीले लेखापढी व्यवसायीले कमिशन खाएर कसैको काम गर्न नहुने बताउँदै लिने र दिनेभन्दा पनि लेखापढी व्यवसायीले मध्यस्तकर्ताको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । एशोसिएशनका जिल्ला अध्यक्ष हरिविलास अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मालपोत अधिकृत ठाकुरप्रसाद सिग्देल, नापी कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्य, एशोसिएशनका केन्द्रिय सल्लाहकार सदस्य विजय अधिकारीलगायतका वक्ताले मालपोत कार्यालयलाई सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय