लोकप्रियताको शिखर चढ्दै नील शाक्यको संगीतमा कुमार सानुको हिन्दी गीत
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ १९, बुधबार
नेपालभाषाको पहिलो म्युजिक भिडियो " लुमंका च्वना छन्त जिं ” गायक तथा सपना श्रीको स्वर रहेको सर्वकालिक लोकप्रिय नेपालभाषाको गीत "स्वयेगु मन जुल रे ” का गीतकार नील शाक्यलाई नेपालभाषाको गीतसंगीतको क्षेत्रमा सर्वकालिक सांगितिक प्रतिभाको रुपमा लिइन्छ भने उनले पाएका र संगीत सृजना गरेका गीतहरु संधै लोकप्रिय नै हुने गरेका छन् । उनै संगीतकर्मि नील शाक्यको संगीत रहेको "शिद्दत” शीर्षकको एउटा हिन्दी गीत हालै सार्वजनिक गरिएको छ ।
भारतका प्रख्यात गायक कुमार सानु र नेपालकी गायिका रानी शाक्यको युगल स्वर रहेको यो गीत गत जुन ३० तारीखको दिन गायिका रानी शाक्यको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो भने यो छोटो अवधी भित्रै ५ लाख ७० हजार दर्शकले हेरिसकेका छन् ।
यसरी छोटो अवधिमा लोकप्रियताको शिखर चढ्न सफल यस गीतको म्युजिक भिडियोमा अभिषेक खड्का र कुसुम शर्माले अभिनय गरेका छन् । यस भिडियोका निर्देेशक एवं कोरियोग्राफर रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफर मानकृष्ण महर्जन र सम्पादन बन्दे प्रसादले गरेका हुन । यो गीतको रेकर्डिंग मुम्बईको पन्चमी स्टुडियोमा गरिएको हो भने रेकर्डिस्ट फिरोज बज्राचार्य हुन् ।
यो गीतका रचनाकार निशिला शाक्य हुन् भने संगीत संयाेजक जिवित जल्मी हुन । यो गीत प्रति बलिउडका विख्यात गायक कुमार सानु ज्यादै उत्साहित छन् भने उनले यस गीतको भिडियोको प्रचारका लागि मुम्बईबाट पठाएको सन्देशमा यस गीतका गीतकार , सगीतकार लगायत गायिकाको प्रशंसा गर्दै राम्रो गीत बनेको कुरामा खुशी व्यक्त गरेका छन् ।
https://youtu.be/Gzb2coNi6Ak?si=SoOeYR1COCqhmR2V
Categorized in साहित्य-कला

