relans
ni new 83
nib 2082 5

लोकप्रिय नायक पुष्प खड्काकाे “यी आँखामा हेर” म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १२, मंगलबार

"मङ्गलम” आदी लगायतका चलचित्रमा सशक्त अभिनय प्रस्तुत गरेर मन जितेका नायक पुष्प खडकाको अभिनय ले सजिएको विष्णुप्रसाद सुवेदीको “यी आँखामा हेर” बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक विष्णुप्रसाद सुवेदी र गायिका दीपा लामाको स्वरमा रहेको यो  “यी आँखामा हेर ”  गीतमा नायक खडकालाई नायिका अभिनयमा गरिमा शर्माले साथ दिएकि छिन् भने यस गीतका रचनाकार डीपी खनाल र सङ्गीतकार हरि लम्साल हुन्।

राजीव समरद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा भिडियोमा पुष्प र गरिमाको जोडी आकर्षक देखिएको दावी निर्देेशक समरले गरे ।

विशाल कार्की उत्पादन प्रबन्धक, चन्द्र चौधरी मिक्सिङ/मास्टरिङ, बुद्ध थापा सिनेमेटोग्राफर, सुमन केसी संगीत व्यवस्था रहेको म्युजिक भिडियो तारिफ योग्य बनेको बताइएको छ। उक्त भिडियोलाई अल्विश मोशन पिक्चर्सले प्रस्तुत गरेको हो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in साहित्य-कला
ppp 2