STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ : कार्यवाहक अध्यक्ष साह

Janjati Khabar – Janjati Khabar | २०८१ पौष २८, आइतबार

काठमाडौं - मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले लोकसेवा परीक्षा मातृ भाषामा हुनुपर्ने बताएका छन् । अध्यक्ष साहले  उपसचिव र सहसचिवको कोटामा पनि खुल्ला आरक्षण चाहिने बताए ।

आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले मधेसी महिलाको छुट्टै कोटा प्रतिशत हुनुपर्ने समेत बताए । उनले भने, ‘आरक्षण कोटामा पदपूर्ति नभए त्यो कोटा खारेज गरिनुपर्छ । आरक्षण पदपूर्ति हुने उमेर हद ४० पुर्‍याउने र बढुवामा पनि आरक्षण राखिनुपर्छ ।’

उनले सातै प्रदेशमा निजामती अस्पताल र विद्यालय खोल्नुपर्ने बताए । 

Categorized in राष्ट्रिय