relans
ni new 83
nib 2082 5

लोक सेवाका सबै लिखित परीक्षा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ३, सोमबार

काठमाडाैं – लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ। 

सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती,  सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ। 

यसअघि आयोगले कोरोना संक्रमण भएका उम्मेदवारलाई लिखित परीक्षा सहभागी हुन नपाउने गरी  निर्देशिका जारी गरेको थियो। 

उक्त निर्देशिका उजुरी परेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। 

गत चैतमा हुनु पर्ने राजपत्रांकित तृतीय श्रेणीको लगायत लिखित परीक्षा हुन बाँकी छ।  

Categorized in राजनीति
ppp 2