STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोप हुँदै कुमाल पेशा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । “लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर काम गर्न सक्दैनाँै”, उहाँले भन्नुभयो, “युवाहरुले पनि यो पेशा अँगालेका छैनन्, जसले गर्दा अहिले लोप हुने अवस्थामा पुगेको छ ।” युवाहरुलाई माटोका भाँडा बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालीम प्रदान गर्ने गरिएको भए पनि सिकेको कुरा व्यवहारमा नउतार्दा पेशा नै सङ्कटमा पर्ने खतरा रहेको अर्का थारू अगुवा महादेव कुमालले बताउनुभयो । “हामीले छोराछोरीलाई माटोको भाँडा निर्माण गर भनेर भन्छौँ”, उहाँले भन्नुभयो, “उल्टै उनीहरुले हामीलाई मलाई के माटाका भाँडा बनाउनेजस्तो ठान्नुभयो भनेर थर्काउछन् ।” अहिले पनि बजारमा माडाका भाँडाको माग हुने गरेको भए पनि त्यही अनुसार माटाका भाँडा तयार गर्न नसकिएको उहाँको भनाइ छ । दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै माटोका भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए । अब युवालाई माटोका भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल युवा दीपक कुमालले बताउनुभयो । चट्याङबाट एकको मृत्यु चट्याङले दाङमा एक व्यक्तिको मृत्यु भएको छ । चट्याङले दाङ तुलसीपुर उपमहानगरपालिका–१५ पहेँलपुर निवासी १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ पौने ६ बजेतिर चौधरी घर बाहिर निस्केको अवस्थामा चट्याङ पद गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
Categorized in राष्ट्रिय