STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लौरो चिन्ह प्राप्त पार्टीसँग मेराे कुनै सम्बन्ध छैन : बालेन साह

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २३, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो ।

आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन । ’

Categorized in राजनीति