वडाध्यक्षकै काम गर्ने भए किन सांसद बन्नुहुन्छ : मेयर बालेन
Janjati Khabar – Janjati Khabar | २०८० जेठ १६, मंगलबार
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सांसदहरु बल्ल वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् ।
उनले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै सांसदहरु वडाध्यक्षको काम गर्ने मन भए किन सांसद बन्नु भएको भन्ने आशायको प्रश्नसमेत गरेका छन् ।
‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो,’ उनले भनेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु।’
बालेनको उक्त टिप्पणी सोमबार प्रस्तुत बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको घोषणा गरेको प्रति छ ।
बजेटमा अर्थमन्त्रीले प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रम प्रस्ताव छन् । यसअघि एमाले सरकारका पालामा संसद विकास कोष खारेज गरिएको थियो ।
Categorized in राजनीति

