वरिष्ठताका आधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार
नयाँ बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । सो विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवी तथा अगुवाहरुले आज यहाँ पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहनुभएका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौँथोँ श्रेणीमा रहनुभएका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
वर्तमान शिक्षा नियमावलीमा व्यवस्था भएअुनसार वरिष्ठताको आधारमा जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ । शिक्षा नियमालीमा ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्नेछ’ भनिएको छ ।
Categorized in राष्ट्रिय


