वरिष्ठ कलाकार प्रेममान चित्रकार रहेनन्
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार
काठमाडौं – वरिष्ठ कलाकार एवं पौभा चित्रकार प्रेममान चित्रकारको आइतबार दिउँसो निधन भएको छ ।
नेपालभाषासेवी एवं साहित्यकार चित्रकार लामो समयदेखि दम रोगबाट ग्रसित थिए ।
उनको कलंकीस्थित नेशनल हस्पिटलमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको निधन भएको हो ।
७५ वर्षका चित्रकारका एकजना छाेरा र तीनजना छाेरी रहेका छन् ।
उनकाे आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएकाे छ ।
कला क्षेत्र, विशेष गरी पौभा चित्रकारितामा उनको विशेष योगदान रहेको छ । चित्रकारद्वारा दीक्षित युवा चित्रकारहरु समुद्रमान श्रेष्ठ, प्रकाशराज तुलाधर लोकप्रिय कलाकारको रुपमा चिनिन्छन् ।
नेपालभाषा क्षेत्रका सक्रिय व्यक्तित्व दिवंगत चित्रकारको नेपालभाषाका गीति पुस्तक र संगीत संग्रहहरु निस्किएका छन् । चित्रकारद्वारा लिखित नेपालभाषाका गीतहरु लोकप्रिय रहेका छन् ।
Categorized in सिनेमा