STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा ‘छंगु ल्युल्यु’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २६, बुधबार

काठमाडौं । गायक अमर चित्रकार र सरिता महर्जनको नेपालभाषाको गीत ‘छंगु ल्युल्यु’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रमुख अतिथिको हैसियतमा सार्वजनिक गर्नुभएको गीतको संगीतकार र संगीत संयोजक भुपेन्द्र बज्राचार्य हुनुहुन्छ भने गीतको लेखन अमर चित्रकारले गर्नुभएको हो ।
ज्योति रेकडस्मा रेकर्डिङ्ग गरिएको उक्त गीतको प्रचारात्मक कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई गायिका सरिता महर्जनले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने आरबी डाइमण्ड ज्वेलरीका सीईओ रिकेश महर्जनले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
आरबी जेम एण्ड ज्वेलरी प्रा.लि.का निर्देशक रिजु महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको गीत र म्युजिक भिडियो बनाउने कामका सक्रिय योगदान दिनुहुनेहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
रवि साय्मिले निर्देशन गर्नुभएको यस म्युजिक भिडियोमा कृष्णभक्त महर्जनको कोरियोग्राफी रहेको छ । छायांकन, सम्पादन र कलर संयोजन अमर चित्रकारको रहेको म्युजिक भिडियोमा मनोज महर्जन, नेरिसा महर्जन, कृष्णभक्त महर्जन, निश्चल भुजेल, सुबरिना चित्रकार लयागतका कलाकारले अभिनय गर्नुभएको छ ।

Categorized in साहित्य-कला