relans
ni new 83
nib 2082 5

वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा विभिन्न संघसंस्थासंग छलफल

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

नेपालमा हुनलागेको वर्ल्ड नेवाः अर्गनाइजेशनको तेस्रो बृहत सम्मेलन भब्य रुपमा सम्पन्न गर्नको निम्ति विभिन्न संघसंस्थासंग शनिबार ललितपुरमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा सुदय शिलाकारले संचालन गर्नुभएको उक्त छलफल कार्यक्रममा सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा समाजसेवी, धर्मसेवी नेवाः अगुवा लक्ष्मीदास मानन्धर, हितकरवी सिं कंसाकार, मल्ल के सुन्दर, प्रेमशान्ति तुलाधर, डा. महेशमान श्रेष्ठ लगायत नेपालभाषा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेवाः बुद्धिजीवी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

शिक्षा, स्वास्थ्य, आर्थिक क्षेत्रमा नेवाः समुदायलाई राज्यले गम्भीर रुपमा दमन र शोषण गरी आदिवासी नेवाः समुदायको अस्तित्व नै विस्थापित हुने अवस्थामा रहन गएकोले नेवाः समुदायको संरक्षण गर्ने हो भने, उक्त सम्मेलनबाट नेपालभाषा र नेवाः जाति बचाइ राख्ने हो भने विश्वका सम्पूर्ण नेवाःहरुलाई एक ढिक्काको गोलबन्दमा राख्नुपर्ने साथै त्यस्को निम्ति सम्पूर्ण पूर्वाग्रह त्यागी पार्टीगत भावनालाई कुनामा राखी अगाडी बढ्नुपर्ने बिचार अतिथि हितकरवीर सिं कंसाकारले राख्नुभएको थियो ।

समाचार तथा तस्वीरः –नेवाः सूचना केन्द्र, राजेन्द्र रञ्जित

Categorized in राष्ट्रिय
ppp 2