वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले सफलताको बाटो पहिल्याउने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १३, मंगलबार
विजयरत्न असंबरे
वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्ष्यित गरेर स्टेप टु सक्सेस नामक एउटा कार्यक्रम गर्ने भएको छ । [caption id="attachment_34690" align="alignleft" width="200"]
सुनिल माथेमा प्रधान[/caption]
उक्त संस्थाको युथ डिभिजनको तत्वावधानमा सम्पन्न हुने सो कार्यक्रम अहिले भईरहेको लकडाउनको कारण डिजिटल प्लेटफर्मको प्रयोग गरेर गरिन लागेकोे हो । यो कार्यक्रम युवा पुस्तालाई सफलताको बाटोतिर डोर्याउनकालागि सहयोगी होस् भन्ने उद्देश्यले आयोजना हुन लागेको कुरा युथ डिभिजनका संयोजक सुनिल माथेमा प्रधानले जानकारी दिनु भएको छ ।
यो कार्यक्रम आगामि मे २९ तारीख(जेठ १६)गतेका दिन अमेरिकाको ईस्टर्न स्टाएण्डर्ड टाइम अनुसार बेलुकीको ९ बजे देखि शुरु हुनेछ भने इनेप्लिज को फेसबुकबाट लाइभ प्रसारण हुनेछ । विशेष गरी विश्वभरी छरिएर बसेका युवा पुस्ताका नेवारहरुलाई लक्ष्यित गरेर आयोजना हुन लागेको यो स्टेप टु सक्सेस कार्यक्रमलाई सफलताको बाटोको रुपमा लिन सकिने आशा आयोजक संस्थाले लिएको कुरा वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरको युथ डिभिजिनका संयोजक सुनिल माथेमा प्रधानले बताउनु भयो ।
अमेरिकामा रहेर विभिन्न क्षेत्रमा कार्यरत विज्ञ नेपालीहरुले आआफ्नो सफलताको अनुभव सुनाउँदा आजका युवा पुस्ताले आफ्नो लक्ष्यित पेशामा कसरी सफल हुन सकिन्छ भन्ने ज्ञान हासिल गर्न सकिने कुरामा आयोजक संस्था आशावादि छन् ।
सो स्टेप टु सक्सेस कार्यक्रममा अमेरिकाको आक्रोन चिल्ड्रेन हस्पिटलका विशेषज्ञ डा. प्रबि राजभण्डारी , जोन हप्किंस युनिभर्सिटीका एरोस्पेस ईन्जिनियर डा. इलेना श्रेष्ठ र इन्जिनियरींग फर रोम्बस इनर्जि सोलुसन्सका उपाध्यक्ष पावर ईलेक्ट्रोनिक्स डा. अनिल तुलाधरले आआफ्ना पेशामा हासिल गरेको सफलताको अनुभव सुनाउनु हुनेछ भने रमा महर्जन यस कार्यक्रमका सहजकर्ताका रुपमा रहनु हुनेछ । यो कार्यक्रम ईनेप्लिजको फेसबुक मार्फत लाइभ प्रसारण हुने कुरा यस कार्यक्रमका संयोजक सुनिल माथेमा प्रधानले जानकारी गराउनु भएको छ ।
Categorized in राष्ट्रिय


