STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वाङमय जगतका प्रसिद्ध लेखक राजेन्द्र सुवेदीको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३, सोमबार

वरिष्ठ समालोचक एवं साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ । 

सुवेदीको जेठ  ३ गते सोमबार विहान निधन भएको हो ।

उहाँ केही समय अगाडि देखि  अस्वस्थ रहँदै आउनु भएको थियो भने उहाँलाई   कोरोना संक्रमण भइको पुष्टि भए पछि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । यस पछि उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक रहेका  थिए ।

धितो कोख उहाँको अत्यन्त चर्चित साहित्यिक कृति हो भने धेरै विषयमा पुस्तक लेख्नु भई ख्याति कमाउनु भएका वाङमय  जगतका प्रसिद्ध लेखक प्रा राजेन्द्र सुबेदीले चलचित्र सिद्दान्त र नेपाली चलचित्र लगायत दर्जनौ पुस्तक  लेख्नु भएको छ ।

लेखक सुवेदीको ७६ वर्षको उमेरमा निधन भएको छ ।

Categorized in व्यक्तित्व