वामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादलाई तत्काल मत्थर पार्न उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले १७ वैशाखमा बसेको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । सो प्रस्तावमा आफू अडिग रहेको जनाउँदै ओली शनिबारको बैठकमा पनि गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने र त्यहींबाट प्रधानमन्त्री बनाउने बाटो खोल्ने बताएका थिए ।
गौतम २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए । प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रतिनिधिसभा सदस्य बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले कुनै न कुनै निर्वाचन क्षेत्रबाट गौतमलाई चुनाव लडाएर जिताउने सहमति भएको बताइएको छ ।
Categorized in राजनीति