relans
ni new 83
nib 2082 5

वामदेव गौतम एमालेमै फर्कने

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ३, आइतबार

काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिए। एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए ।

Categorized in राजनीति
ppp 2