STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ । गएको पुस २७ गते यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना हुनु भएका उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उहाँलाई सघन उपचार कक्षमा राखिएको छ । फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएपछि आज अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो । विसंं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मनुभएका अधिकारी विसंं २०३२देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको हो । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लाग्नुभएका उहाँलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिनुभएको थियो । अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज हुनुहुन्छ भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
Categorized in राष्ट्रिय