STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वाराणसीबाट मोदीको तेस्रो पटक जित

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २३, बुधबार

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन्। मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन्। 

मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन्। 

यस पटक मोदीको जित अन्तर भने घटेको छ। अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गरेका थिए।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराएका थिए।

Categorized in अन्तर्राष्ट्रिय