STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैनः परराष्ट्रमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गर्नुभएको छ ।  सो सन्दर्भमा रासस प्रतिनिधि दीपेन्द्र अधिकारीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गर्नुभएको अन्तर्वार्ताको सङ्क्षिप्त विवरण ः
सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए रु
यो भ्रमण दुवै मित्रराष्ट्रको औपचारिक भ्रमण हो । तीव्र आर्थिक विकास गर्दै अगाडि बढेका भियतनाम र कम्बोडियाको प्रगति र द्वन्द्व व्यवस्थापनका बारेमा अध्ययन गर्नु र युद्धले ध्वस्त भएको मुलुकले छोटै समयमा कसरी आर्थिक रुपान्तरण र उपलब्ध प्राप्त गर्न सक्छ भन्ने कुरा सिक्नु भ्रमणका उद्देश्य थिए ।  अर्को कुरा देशको समृद्धिको यात्रामा योगदान दिन व्यापार र लगानीको खोजी र पर्यटनको प्रवर्द्धनमा नै भ्रमण केन्द्रित रह्यो ।
मन्त्रीज्यू, तपाईं परराष्ट्र मन्त्री हुनुभएपछि देशको परराष्ट्रनीति अलि फराकिलो हुँदै गएको अनुभूति भएको छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ रु
हो, मैले परराष्ट्र मन्त्रालय सम्हालेपछि सकारात्मक सक्रियता बढाएको छु । नेपालजस्तो देशलाई फराकिलो कूटनीतिक दायराको आवश्यकता छ र यसलाई मैले मुख्यतः चार आयाममा व्याख्या गरेको छु,  पहिलो आयाम ः छिमेक सम्बन्ध, दोस्रो आयाम ः विकास साझेदारसँग लगानी र प्रविधि आदानप्रदान, तेस्रो आयाम ः श्रम गन्तव्य मुलुकसँग श्रमसम्बन्धी कूटनीतिक छलफल र चौथो आयाम ः आफूजस्तै साना र विकासोन्मुख देशको सम्बन्ध बढाउने रचनात्मक कूटनीतिक दायरा विस्तार ।  यी सबै कार्यमा मैले सफ्ट पावर र स्मार्ट पावरको विस्तारमा ध्यान दिएको छु । त्यसैले अहिले देशको कूटनीतिक दायरा केही फराकिलो भएको छ ।
हाल देशमा कम्युनिष्ट सरकार छ । सरकारले क्रमशः चीन, भियतनाम र कम्बोडियाजस्ता मुलुकको भ्रमण गरिरहँदा यसको राजनीतिक र रणनीतिक महत्व के हुन सक्छ रु
हाम्रो राजनीतिक अभीष्टभन्दा पनि विकास नै पहिलो प्राथमिकता हो । नेपालले राष्ट्रिय हित र अन्तरराष्ट्रिय कानूनअनुकूल रहेर विकास अभियानअगाडि बढाइरहेको छ । यसबीचमा सरकारले १६– १७ वटा मुलुकसँग भ्रमण आदानप्रदान गरिसकेको छ । त्यसकारण यो भ्रमणलाई अन्य अर्थबाट प्रष्ट्याउन जरुरी छैन । विकासका राम्रा पक्ष सिक्न कुनै राजनीतिक आइडोलोजीसँग तर्सिनु पर्दैन । 
यस भ्रमणबाट मुख्यतः कुन पक्षमा ठोस फाइदा पुगेको छ रु
प्रधानमन्त्रीले भन्नुभएजस्तै हामी सबै मुलुकसँग विश्वासको वातावरण निर्माण गर्न चाहन्छौँ । यस सन्दर्भमा यो भ्रमण मित्रराष्ट्रहरूसँग सम्बन्ध बढाउने र विश्वासको वातावरण निर्माण गर्ने कुरामा अत्यन्तै सफल र सकारात्मक रह्यो । मूलतः दुवै देश बौद्धमार्गीहरूको बाहुल्य रहेका देश हुन् । नेपाल गौतम बुद्धको जन्मस्थल भएको हुनाले धार्मिक, पर्यटन प्रवर्द्धन गर्नका निम्ति यो भ्रमण अत्यन्त सकारात्मक र सफल रह्यो । प्रधानमन्त्रीज्यूले अन्तरराष्ट्रिय वैशाख दिवसका अवसरमा करीब ११२ मुलुकका प्रतिनिधिका बीच यो कुरालाई प्रष्ट्याउनुभएको छ र लुम्बिनीको भ्रमण गर्नका निम्ति सबैलाई आह्वान पनि गर्नुभएको छ । त्यस अर्थमा यो भ्रमण नेपालको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुनेछ ।
यस भ्रमणको सिलसिलामा केही सम्झौता र आशयपत्रमा हस्ताक्षर भएको छ । यसको कार्यान्वयन कहिले र कुन गतिमा अगाडि बढ्ला रु
ती सम्झौता र आशयपत्रहरूको कार्यान्वयनका निम्ति हामीले कन्सल्टेसन मेकानिज्म बनाएका छौँ जसले आजदेखि नै काम शुरु गरेको छ । त्यसकारण त्यसको कार्यान्वयन पक्ष तीव्र गतिमा अगाडि बढ्छ, त्यसमा कुनै शङ्का छैन ।
०० नेपालको भूराजनीतिक जटिलता एकातिर छँदैछ, अर्कातिर तीव्र आर्थिक वृद्धिमा जानुपर्ने अनिवार्य आवश्यकता छ, यस सन्दर्भमा हेर्दा हाम्रो अर्थकूटनीति कसरी प्रभावकारी बनाउन सकिएला रु
परराष्ट्र मन्त्रालयले अहिले देशगत प्रोफाइल९पार्श्वचित्र० बनाउने काम गरिरहेको छ । कुन देशसँग के अपेक्षा छ र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने प्राथमिकतामा राखेर देशगत प्रोफाइल बनाएका छौँ । अहिलेको सरकार नीतिगत रुपले स्पष्ट छ । परराष्ट्र मन्त्रालयले देश बाहिर रहेका राजदूतहरूलाई स्पष्टरुपमा निर्देशन दिइसकेको छ । राजदूतहरूको मूल्याङ्कन उनीहरूले तत्तत् देशसँग व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, लगानी र प्रविधि भित्र्याउने दिशामा के के काम गरेका छन् भन्नेबाट नै हुनेछ । अब राजदूतहरू देशको स्पष्ट परराष्ट्र नीतिका आधारमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने गरी नै केन्द्रित हुनुहुनेछ भन्ने विश्वास मन्त्रालयले गरेको छ ।
Categorized in राष्ट्रिय