STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकास बोर्डले दियो बाढीपीडितलाई राहत

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १०, आइतबार

नेपाली चलचित्र क्षेत्रका विपन्न तथा पीडित चलचित्रकर्मीहरूका हितमा कार्य गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले  बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले  प्रत्येक पीडित चलचित्रकर्मीलाई रू. ४५,००० को दरले राहत प्रदान गरिएको हो। विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर चलचित्रकर्मीहरूलाई मात्र सहयोग गर्दै आएको कोषले यस पटक   प्राकृतिक प्रकोपबाट प्रभावित चलचित्रकर्मीहरूलाई पनि सहयोग गर्ने ऐतिहासिक निर्णय गरेको हो। यसभन्दा अघि २०७२ सालको भुकम्प पीडितहरुलाई राहत स्वरुप केही रकम बाँडेका थिए भने केही कोरोना कालमा लकडाउन पीडित चलचित्रकर्मिहरुलाई पनि राहत बाँडेको कुरा यहाँ स्मरणीय हुन अाउँछ । 

यस योजनाअन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर विक लाई राहत प्रदान गरिएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले चलचित्रकर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन्। उनले भने, "चलचित्रकर्मीहरूका समस्या समाधान गर्न चलचित्र विकास बोर्ड सधैं संवेदनशील छ। प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न पाउनु हाम्रो दायित्व पनि हो।"

चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल ले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भनिन्, "चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कल्याणकारी कोषले आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछ।"

नेपाली चलचित्र क्षेत्रका श्रमिकहरूको हित र सुरक्षाका लागि कल्याणकारी कोषको यो महत्वपूर्ण कदम हो ।

Categorized in सिनेमा