STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विकास सम्भव नभएपछि चेपाङबस्ती स्थानान्तरण तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि बस्ती नै स्थानान्तरणको तयारी गरिएको छ । खाद्यान्न अभाव, पिउने पानी, शिक्षा र स्वास्थ्यको पहुँचबाट धेरै टाढा रहेका चेपाङ समुदायले वषैँदेखि विकासका लागि याचना गर्दै आए पनि सरकारले कुनै पनि योजना पूरा गर्न नसकेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था आएकोे जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताउनुभयो । उक्त गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरी यहाँका ३६ घरपरिवार चेपाङलाई आगामी दशैँअघि नै स्थानान्तरण गरिने गरी योजना बनाइएको योजना कार्यान्वयन गराउन गाउँमै पुगेर छलफल गरिएको थियो । सङ्घीय सांसद भूमि त्रिपाठी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्मा, प्रहरी उपरीक्षक राजकुमार बैदवारलगायतको टोली सोे गाउँमा पुगेर चेपाङ समुदायको तर्फबाट प्रस्तुत ज्ञापनपत्र बुझ्दै बस्ती सारेर मात्र विकास गर्न सकिने सङ्घीय सांसद भूमि त्रिपाठीले बताउनुभयो । डाँडाको सबैभन्दा माथि भएकोले खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य सेवा र खाद्यअधिकार उपलब्ध गराउन कठिन भएको तर बस्तीलाई बेसीमा सार्दा समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो । वर्षौदेखि खानेपानी तथा खाद्यान्नको सङ्कट भोग्दै आएका चेपाङ समुदायको सम्मानजनक जीवनयापनका लागि नयाँ ठाउँमा सार्नुको विकल्प नभएकाले त्यस्को विकल्प खोजी गरिएको अध्यक्ष डल्लाकोटीले बताउनुभयो ।सबैको घर बनाउन, खेतीका लागि जमीन, शौचालय, खानेपानी, नजिकै माध्यामिक तहको विद्यालय, सीप विकासका लागि तयारी र स्वास्थ्यचौकीसमेतको व्यवस्था गरिने उहाँको भनाइ थियो । सुझाव पछि आफूहरू बस्ती सार्न सहमत भएको अगुवा चेपाङ टेकबहादुरले बताउनुभयो । गाउँवासीले आफूहरु मानव भएर बाँच्नका लागि कुनै पनि पूर्वाधार गाउँमा नभएकाले खानेपानी, खाद्यान, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, सडक र बिजुलीलगायतको व्यवस्था गर्न माग गर्दै आएका थिए । समुद्री सतहबाट एक हजार ८४५ मिटर उचाइमा रहेको बु्रसवाङ गाउँमा ३६ परिवार चेपाङको बसोवास छ । खानेपानी र खाद्यानको सङ्कट रहेको यो बस्तीमा फागुन महीनामा छरेको मकै कात्तिक महीनामा मात्रै पाक्ने गर्दछ । भिरपखेरामा मकैखेती हुने गरे पनि त्यसबाट हुने उत्पादनले वर्षको चार महीना पनि छाक टार्न मुस्किल हुने भएकाले गाउँमा विकास नहुने भएपछि गाउँवासी बस्ती सार्न तयार भएका हुन् ।
Categorized in राष्ट्रिय