विख्यात फोटोग्राफर राजीव श्रेष्ठ अमेरिकामा तीजको फोटो खिंच्न व्यस्त
Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २२, मंगलबार
नेपालमा ग्ल्यामर फिल्डका विख्यात फोटोग्राफरका रुपमा ख्यातिप्राप्त व्यक्तित्व राजीव श्रेष्ठ हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन् भने परदेशमा नै भए पनि राजीव श्रेष्ठ आफ्नो फोटोग्राफी कर्ममा व्यस्त रहँदै आएका छन् । अहिले उनी तीजको अवसरमा अमेरिकामा रहँदै आएका महिलाहरुका तस्बिरहरु खिंच्नमा व्यस्त रहेको कुरा उनको पारिवारिक सुत्रले ले जनाएको छ ।
उनले अमेरिका आएर मात्र तीज उत्सवमा फोटोसुट अर्थात् छायाचित्र लिन लागेका हैनन् । तीन दशक अगाडि देखि व्यवसायिक फोटोग्राफर अर्थात् छायाँ चित्रकारको रुपमा आफूलाई स्थापित गरेका विशेष गरि ग्लामर (मोहकता )तस्बिरहरु खिच्न प्रारम्भ गर्दा को अवस्थामा नेपाल हुँदा देखि नै तीजमा सबै वर्गमा महिलाहरुकातस्बिर खिच्दै आएका हुन् । अमेरिकामा यो कार्यलाई उनले निरन्तरतामात्र दिएका हुन् ।
त्यति मात्र हैन उनले अमेरिकामा पनि हरेक बर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गरि रहेका छन् । नयाँ तथा सबै कलाकारलाई उनीहरुको कलाकारितालाई पहिचान गरि सदैव हौसला प्रदान गरि उनीहरुमा अन्तर निहित प्रतिभालाई प्रवर्द्धन गर्न पछि कहिले नहट्ने कुरा फोटोग्राफर श्रेष्ठले प्रतिबद्धता पोखेका छन ।
नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदीलाई परदेशमा पनि संरक्षण,जगेर्ना र प्रवर्द्धन गर्न कहिले सम्झौता नगर्ने फोटोग्राफर श्रेष्ठ यस्ता चाड पर्व ,उत्सव,नेपालका संस्कृति, कला आदिलाई आफ्नो पेशाको माध्यमबाट जगेर्ना गर्न लागि परि रहेका छन् ।
बिश्वभरि पुगेका नेपाली महिलाहरुले तीज मनाउने क्रम सँगै महिलाहरु नाच-गान र खानपिनमा मात्र सिमित नराखी व्यवसायिक फोटोग्राफर(छाँयाचित्रकार )बाट तीजको तस्बिर खिचाउने चलन निकै लोकप्रिय हुँदै आएको छ भने
फोटोग्राफर श्रेष्ठले आफ्नो कर्मथलो अमेरिकामा तिज विशेष ‘फोटोशूट’ अर्थात् तीजका तस्बिर खिंच्ने काम हालै सम्पन्न गरेका छन् । उनका अनुसार तीजमा कैद गरेका तीज बिशेष तस्बिरहरुले महिला दिदीबहिनीहरुलाई आफ्नो कला र संस्कृति प्रति महत्व झल्काउँछ र उनीहरुमा आत्मविश्वास बढ्छ भन्ने देखिन्छ ।
तीजमा महिलाहरुले प्रयोग गर्ने रातो साडी,गर-गहना, कपडा र रंग (कलर) ले महिला चेलीबेटी /दिदीबहिनीहरुको तस्बिरहरु कलात्मक र सुन्दर देखिने राय फोटोग्राफर श्रेष्ठको रहेको छ । उनले तीजको फोटोशूट अर्थात् तस्बिर खिंच्ने कार्यलाई बढी बिशेष महत्व दिने गरेको बताए ।
Categorized in साहित्य-कला

