STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विज्ञका सुझाव कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिवद्धता

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार

काठमाडौं – कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाएका हुन्। प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको थियाे । परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो ।  परामर्श बैठकमा कतिपयले लकडाउन गर्नुपर्ने, कतिपयले कडा कदम चाल्नुपर्ने सुझाव दिएकाे बुझिएकाे छ ।
Categorized in राजनीति