STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विदेशबाट आउनेले अब १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

कोरोना महामारी फैलिएसँगै विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एड्भाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट फर्किएकाहरूले १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्ने अध्यागन विभागले जनाएको छ ।

हवाई यात्रामार्फत नेपाल आउँदा ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने छ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक वा अफिसियल पासपोर्टबाहक र आवासिय भिसाप्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टाइन बस्नुपर्ने नियम लागू भएको विभागको सूचनामा उल्लेख छ । पूर्ण खोप नलगाएका र लगाएकाहरूको पनि १४ दिन पुगेकाे छैन भने नेपालको प्रवेश बिन्दुमा अनिवार्य एन्टिजेन परीक्षण गरिनेछ ।

उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टाइनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको विभागले जनाएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयलेसमेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिए पनि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू भैनसकेको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समयअघि अध्यागमन विभागले काेराेनाकाे ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरूलाई सात दिन अनिवार्य होटेल क्वारेन्टाइनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टाइनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन ।

हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथिको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ । नेपालमा कोरोना महामारीले तीव्रता पाइरहे पनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध भने लगाइएको छैन ।

Categorized in राष्ट्रिय