विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने
Janjati Khabar – Janjati Khabar | २०७९ माघ ४, बुधबार
काठमाडौं - मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि उपस्थित हुनुपर्ने निर्णय भएको बताए।
Categorized in राजनीति

