relans
ni new 83
nib 2082 5

विद्युतीय सवारीमा कर बढाएकोमा कांग्रेसको विरोध

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २५, आइतबार

काठमाडाैं  - विद्युतीय सवारीमा कर बढाउने कुराको प्रतिपक्षी कांग्रेसले विरोध गर्दै आएको छ।  आइतबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक सुरू गरेलगत्तै कांग्रेस सांसदले उठेर विरोध गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चुनावी घोषणापत्र सम्झाएको छ। नेकपाले ‘आगामी तीन वर्षमा काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने’ चुनावी घोषणा पत्रबाट भोट लिएर जित्ने तर उक्त कार्यक्रम कार्यान्वनको सट्टा अर्थमन्त्रीले विद्युतीय सवारीको कर बढाएको कांग्रेसको भनाइ छ। सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरे। ‘विद्युतीय सवारी साधनमा करिब एक सय १३ प्रतिशत कर वृद्धि गर्ने निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने, ‘यो निर्णयले इन्धन आयात मात्रै बढाउने होइन, यो वातावरण विनाशक प्रतिगमनकारी निर्णय हो।’ सांसद कँडेलले नेकपाको चुनावी घोषणापत्रमा उल्लेख रहेको बुँदा पढेर सुनाए। अर्थमन्त्री युवराज खतिवडाले गत जेठ १५ गते ल्याएको बजेटमा विद्युतीय सवारी साधनको आयातमा कर वृद्धि गरेका थिए।  
Categorized in राजनीति
ppp 2