STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढीको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युत्का संरचनामा व्यापक क्षति पुगेको छ । 
हावाहुरीका कारण विद्युत्का संरचनामा रु ७५ लाखभन्दा बढी क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ । 
हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुडालेको र ट्रान्सफर्मर पोलसँगै खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार हावाहुरीका कारण सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १७४ पोल ढलेका र टुटेका छन् ।
त्यस्तै, भीमदत्त नगरपालिकामा १००, बेलौरी वितरण केन्द्रअन्र्तगतका स्थानमा १५०, शुक्लाफाँटामा ३५ र बेदकोट नगरपालिकामा ३० पोल ढलेका छन् । जिल्लाका दुई स्थानमा पोलसँगै दुई वटा ट्रान्सफर्मरसमेत खसेर नोक्सानी भएको छ । 
कार्यालय प्रमुख गुप्ताका अनुसार एक पोलमा रु १५ हजार बराबरको क्षति भएको छ । “हावाहुरीसँगै ढलेका रुखहरु विद्युतीय संरचनामा खस्दा र तार चुडाँलेर लैजादा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ”, प्रमुख गुप्ताले भन्नुभयो, “अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि पोल राख्ने, तार जोड्ने लगायतका कार्य दु्रत गतिमा अगाडि बढेका छन् ।”
मुख्य बजार क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भएको छ । ग्रामीण क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भइसकेको र हुन नसकेका स्थानमा प्राविधिक टोलीले कार्य गरिरहेको प्रमुख गुप्ताले जानकारी दिनुभयो । 
Categorized in अपराध-दुर्घटना