STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका युवकको ८ घण्टापछि उद्धार

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २८, शनिबार

नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युत्‌को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

झन्डै ८ घण्टापछि बिकलाई तालिम प्राप्त सेनाको टोलीले उद्धार गरेको हो ।उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का प्रेम बिक शनिबार बिहान ११ बजेतिर चढेका थिए । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो ।

उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो । बिकले मानसिक सन्तुलन गुमाएको पनि बताइएको छ ।

बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए ।

Categorized in राष्ट्रिय