STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् अवरुद्ध हुँदा तीन सय घर धुरी अन्धकारमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गत वैशाख १ गते परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला तेस्रो लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताउनुभयो । दुलिलाभाटीमा चारवटा लघुजलविद्युत् आयोजना सञ्चालनमा आएकामा दुईवटामा ठूलो क्षति पु¥याएको र दुईमा आंशिक क्षति पु¥याएको थियो । बुढाथोकीका अनुसार सामान्य क्षति पु¥याएको गौदिखोला पहिलो र दोस्रो लघुजलविद्युत् आयोजना सामान्य मर्मतपछि सञ्चालन भएका छन् । “पाँच दिनदेखि लघुजलविद्युत् प्रयोग गर्ने तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्,” बुढाथोकीले भन्नुभयो, “आयोजनको उत्पादन गृह मर्मत गर्न शुरु गरेका छौँ ।” बाढीले ल्याएको ढुङ्गा, गिट्टी, बालुवा र माटोलाई सफा गरेपछि मात्र यथार्थ क्षतिको विवरण आउने वडा कार्यालयले जनाएको छ । गौदिखोला तेस्रोको विद्युत् उत्पादनगृहको केही भाग नै बाढीले बगाएको छ भने चौथोको उत्पादन गृह बाढीले पुरेको स्थानीय सुमित्रा कार्कीले बताउनुभयो । “सामान्य खर्चमा मर्मत गर्न सके केही दिनमा विद्युत् सञ्चालन हुनेछ,” कार्कीले भन्नुभयो, “ठूलो खर्च लाग्ने देखिए स्थानीय महिनौँ अन्धकारमा बस्न बाध्य हुनेछन् ।” केन्द्रीय विद्युत् विस्तार गर्न थालिएको दुदिलाभाटीमा १२ वटा केन्द्रीय प्रसारण लाइनका पोलसमेत बाढीका कारण भाँचिएकोे स्थानीय शिव सुनुवारले जानकारी दिनुभयो । तत्काल मर्मत गर्न मिल्ने भए मर्मतमा सहयोग गर्ने, तत्कालै सम्भव नदेखिए केन्द्रीय लाइनलाई छिटो विस्तार गर्न पहल गर्ने त्यस क्षेत्रवाट निर्वाचित प्रदेश सांसद चन्द्रसागर बुढाले बताउनुभयो ।
Categorized in राष्ट्रिय