विधेयक पारित
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार
प्रदेश नं १ मा ‘प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ’ पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयकसभामा पेश गर्नुभएको थियो ।
त्यस्तै ‘गाउँ तथा नगरसभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३९१० बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पेश गर्नुभएको थियो ।
शून्य समय
प्रदेशसभा सदस्य राजन राईले धनी र गरीबको तथ्याङ्क वस्तुगत बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्नुभयो । सदस्य विष्णु तुम्बाहाम्फेले पाँचथरको गोपेटारस्थित स्वस्तिका लिम्बूको घटना सम्बन्धमा प्रदेश सरकारले आवश्यक छानबिन गर्नुपर्ने माग गर्नुभयो ।


