STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विना निष्कर्ष टुंगियो एमसीसीमा सहमति जुटाउन बसेको बैठक

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २९, शनिबार

माघ २९, काठमाडौं - एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष सकिएको छ। बैठकले ठोस निष्कर्ष निकाल्न सकेन।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए। शनिबार बालुवाटारमा भएको छलफलमा गठबन्धन दलबीच संसदमा एमसीसी टेबुल गर्ने विषयमा कुराकानी भएको छ।

अर्को बैठक आज साँझ या भोलि आइतबार पुनः बस्ने जनाइएको छ ।

बालुवाटारमा तीन शीर्ष नेताबीच भएको छलफलमा गठबन्धन कायम राखेर कसरी एमसीसी पारित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।

Categorized in राजनीति