विनियोजन विधेयक बहुमतले पारित
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २, बिहिबार
काठमाडौँ - नेकपा (एमाले) का सांसदहरूको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेस गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए ।त्यस लगतै प्रस्ताव पेस गर्दै अर्थमन्त्री शर्माले दुई पटक संसद्को विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए ।
त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो ।
Categorized in राजनीति

